बाँफिकोट गा.पा.-०४, रुकुम(पश्चिम) 088620125, 9764680949 info@npschool.edu.np

प्रधानाध्यापकबाट सन्देश

16 Views

प्रधानाध्यापक
कृष्ण कुमार जैसी
M.Sc. (Chemistry)

प्रधानाध्यापक

9851183409

प्रिय विद्यार्थीहरू, आदरणीय अभिभावकहरू, शिक्षक वर्ग तथा शिक्षाप्रेमी महानुभावहरू, हार्दिक शैक्षिक अभिवादन !
यस विद्यालयको प्रधानाध्यापकका रूपमा विद्यालयको आधिकारिक वेबसाइटमार्फत हजुरहरू सबैसँग जोडिन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । हाम्रो विद्यालय केवल अक्षर चिनाउने र परीक्षा उत्तीर्ण गराउने थलो मात्र होइन, बल्कि प्रत्येक विद्यार्थीभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने र उनीहरूलाई समाजका लागि असल, चरित्रवान् तथा सक्षम नागरिक बनाउने पवित्र मन्दिर हो । हामी 'सिक्नका लागि आउने र सेवाका लागि जाने' मूल मर्मलाई आत्मसात् गर्दै अघि बढिरहेका छौँ । आजको प्रतिस्पर्धी र आधुनिक युग अनुकूलको शिक्षा दिनका लागि हामीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारमा व्यापक सुधार गरेका छौँ । हामीसँग आधुनिक प्रविधिको प्रयोग गरी सिकाइने कम्प्युटर प्रयोगशाला (Computer Lab), विद्यार्थीहरूमा खोजीनित्ती गर्ने बानी बसाल्न विज्ञान प्रयोगशाला (Science Lab), र ज्ञानको दायरा फराकिलो बनाउन विभिन्न विधाका पुस्तकहरूले सम्पन्न पुस्तकालय (Library) को व्यवस्था रहेको छ । साथै, विद्यार्थीहरूको शारीरिक विकासका लागि खेलकुद र विभिन्न अतिरिक्त क्रियाकलापहरूलाई हामीले दैनिक शैक्षिक कार्यतालिकाकै रूपमा अगाडि बढाएका छौँ । उत्कृष्ट नतिजा हासिल गर्नका लागि हाम्रा दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरू पूर्ण प्रतिबद्ध हुनुहुन्छ । विद्यालयलाई अझ प्रविधिमैत्री, अनुशासित र नतिजामुखी बनाउन हामी निरन्तर क्रियाशील रहनेछौँ । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न अभिभावकहरूको नियमित निगरानी र रचनात्मक सुझावको हामी सधैँ स्वागत गर्दछौँ । अन्त्यमा, विद्यालयका सम्पूर्ण गतिविधि, सूचना, परीक्षा तालिका र नतिजाहरू पारदर्शी रूपमा प्राप्त गर्न यो वेबसाइट एक बलियो माध्यम बन्ने विश्वास लिएको छु । धन्यवाद र शुभकामना !